aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जापान पठाई दिन्छुभन्दै ठगी गर्ने अजय तामाङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
जापान पठाई दिन्छुभन्दै ठगी गर्ने अजय तामाङ पक्राउ


काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दाका फरार कसूरदार भक्तपुर सूर्यविनायक नगरपालिका(७ घर भई हाल काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई शुक्रबार कोटेश्वर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त प्रहरीले  जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस