aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी समापन(फोटो फिचर सहित )

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी समापन(फोटो फिचर सहित )

 काठमाडौं । माघ २४ गतेदेखि शुरु भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सकिएको छ । मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पोको आयोजना गरेको थियो  ।

एक्स्पोमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहेका थिए  । प्रदर्शनीमा निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराइएको थियो  । 

यस प्रदर्शनी नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने  उदेश्यले गरिएको आयोजकले जनाएका छन् । साथै, निःशुल्क प्रवेशको प्रबन्ध गरिएको उक्त एक्स्पोमा करिब ३० हजार भन्दा बढी मानिसले भ्रमण गरेको  आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस