aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिडी हाइड्रोपावर नाफा १५१ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
रिडी हाइड्रोपावर नाफा १५१ प्रतिशत वृद्धि

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको नाफा १५१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. २ करोड १९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ८७ लाख नाफा कमाएको थियो । 

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा  विद्युत विक्रीबाट रू. २ करोड ९३ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १२० प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ११ लाख छ । रिर्जभ कोषमा रू. ५ करोड १४ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ४ दशमलव १३, मूल्य आम्दानी अनुपात १७ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ७० छ । कम्पनीले निकट भविश्यमा नयाँ जलविद्युत आयोजना निर्माण गर्ने पूर्वतयारी भएको वित्तीय विवरणमा उल्लेख गरेको छ  । 
 

प्रतिक्रिया दिनुहोस