
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड यस वर्षको नगद लाभांश माघ २६ गते आइतबारदेखि बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीको पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत नगद लाभांश कम्पनीले बैंक खातामार्फत उपलब्ध गराउन लागेको हो ।
यसर्थ हालसम्म पनि शेयर डिम्याट नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै, बुक क्लोजको अघिल्लो दिनसम्म कम्पनीको शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने समेत कम्पनीको भनाई छ ।
बुक क्लोजको मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश खातामा जम्मा हुने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस