aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

छ महिनामा नेपाल इन्स्योरेन्सको नाफा ८ करोड ७४ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
छ महिनामा नेपाल इन्स्योरेन्सको नाफा ८ करोड ७४ लाख

काठमाडौं । चालू आवको छ महिना(दोस्रो त्रैमास) मा नेपाल इन्स्योरेन्स कम्पनीले रू. ८ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९ करोड छ । यस वर्ष शेयरधनीलाई कम्पनीले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नियामक निकाय बीमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीले पाउनेछन् । 

चालू आवको दोस्रो त्रैमाससम्ममा बीमा कोषमा रू. १४ करोड १३ लाख जम्मा भएको छ । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ४७ प्रतिशतले वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६२ करोड १ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ९६, मूल्य आम्दानी अनुपात रू. २२ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ६० छ । 
 

प्रतिक्रिया दिनुहोस