
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको नाफा यस आर्थिक वर्षको ६ महिनामा रू. १ करोड ४० लाख भएको छ । यो नाफा गत वर्ष सोही अवधिमा रू. १ करोड २९ लाख नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ८ दशमलव ५२ प्रतिशत बढी भएको हो ।
कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ । रू. १ अर्ब चुक्तापूँजी कायम गर्न कम्पनीले रू. ३० करोड बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्नेछ । जगेडा कोष रकम गत वर्षभन्दा १२८ प्रतिशत बढी रू. ३ करोड ४७ लाख कायम भएको छ । यस वर्ष कम्पनीले रू. २९ करोड ११ लाख बीमाशुल्क आर्जन गरेको छ ।
गत वर्ष कम्पनीले रू. १० करोड ८२ लाख बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन गत वर्षभन्दा यस वर्ष १६९ प्रतिशत बढी भएको हो । यस वर्षको पुस मसान्तसम्म कम्पनीले रू. ७ करोड ८० लाख दाबी भुक्तानी गरेको छ । गत वर्ष योय रकम रू. १८ लाख थियो । गत वर्षभन्दा यस वर्ष ४३ गुणा बढी दाबी भुक्तानी गरेको हो ।
प्रतिक्रिया दिनुहोस