
काठमाडौं । मंगलवार सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्सले बुक क्लोज गर्दैछन् । यी दुबै कम्पनीहरुले आगामी वार्षिक साधारण सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा माघ २७ गते सोमावारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।
यस वर्ष सेन्ट्रल फाइनान्सले ७ प्रतिशत र रिलायन्स फाइनान्सले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । लाभांश सहित अन्य विविध प्रस्ताव सहित दुबै कम्पनीले फागुन १६ गते वार्षिक साधारण सभा बोलाएका हुन । सोही सभा प्रयोजनका लागि कम्पनीहरुले बुक क्लोज गर्ने भएका हुन ।
प्रतिक्रिया दिनुहोस