aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुजुकी ‘खुसीको साँचो’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
सुजुकी ‘खुसीको साँचो’ अफर

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

 यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनुहुनेछ । यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ । 

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ । सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस