aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्यायलाई भारतमा राष्ट्रिय रत्न अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्यायलाई भारतमा राष्ट्रिय रत्न अवार्ड

काठमाडौं । सङ्गीत क्षेत्रमा ख्याति कमाएका भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित भएका छन ।

विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा फेब्रुअरी ८ ( माघ २५ गते ) भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय रत्न अवार्ड एन्ड कन्फेरेशन २०२० बाट सम्मान गरिएको हो । 

यसभन्दा अघि  एनआरबी फाउण्डेशन एवं भव्या इन्टरनेशनलको आयोजनामा राजस्थानको ुविवेकानन्द इन्स्टियुट अफ् टेक्नोलोजीु मा गएको माघ ५ गते भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राजोपाध्यायलाई विविधता मे एकता राष्ट्रिय सम्मानु २०२० बाट सम्मान गरिएको थियो ।

तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाई १५ मा  राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा ुइन्टरनेशनल इण्डियन बेस्टिज अवार्डु २०१९ प्रदान गरिएको थियो ।

राजोपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।

नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाएका थिए ।

सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् । 

प्रतिक्रिया दिनुहोस