
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।
नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ४६७ दशमलव ५० र एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ५६५.६३ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस