aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्सले मार्यो छलांग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
सिटिजन लाइफ इन्स्योरेन्सले  मार्यो छलांग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको छ महिना(दोस्रो त्रैमास) सम्ममा   ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४२ प्रतिशतले बढेको छ । 

दोस्रो त्रैमासको अवधिमा कम्पनीमा १२ हजार ७ सय ९८ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो।


एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ४२ करोड १ लाख ३० हजार रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस