
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले मंगलबार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा रू. १५ करोड १९ लाख ७३ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा रू. १० करोड ८२ लाख २७ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४० प्रतिशत बढी भएको हो ।
यस वर्ष कम्पनीको आम्दानी ३२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ५५ करोड ६४ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ६ करोड १५ लाख आम्दानी गरेको हो । हकप्रद शेयर र बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २ अर्ब १५ करोड ५१ लाख पु¥याएको छ । कम्पनीको जगेडा कोष रकम करिब ३२ प्रतिशत बढेर रू. ५६ करोड ८९ लाख ९४ हजार कायम भएको छ ।
गत वर्ष रू. ९९ करोड ५० लाख बीमाशुल्क आर्जन गरेको यस कम्पनीले यो वर्ष रू. १ अर्ब ३० करोड ७१ लख १८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष ३१ प्रतिशत बढी बीमाशुल्क आर्जन भएको हो । दाबी भुक्तानी गत वर्ष भन्दा यस वर्ष ५४ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ११ करोड दाबी भुक्तानी गरेको थियो भने यस वर्ष रू. १६ करोड ९७ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव १० रहेको छ ।
प्रतिक्रिया दिनुहोस