aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कालिका पावरको १२औं साधारण सभा फागुन ८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
कालिका पावरको १२औं साधारण सभा फागुन ८ गते

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा फागुन ८ गते हुने भएको छ । 

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय चितवनमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ २४ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस