aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधी विद्युत कम्पनीको नाफा २१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
राधी विद्युत कम्पनीको नाफा २१ प्रतिशत बढ्यो

म्काठमाडौं । राधी विद्युत कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले रू. ४ करोड ३४ लाख ९४ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले रू. ३ करोड ५८ लाख ४४ हजार नाफा गरेको हो ।

यस वर्ष कम्पनीको आम्दानी पनि यस वर्ष गत वर्षभन्दा साढे सात प्रतिशत बढी रू. ८ करोड ७१ लख ५७ हजार भएको छ । कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार पुगेको छ । यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

 जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. १३ करोड ४१ लख रहेकोमा यस वर्ष रू. १५ करोड ३२ लाख कायम भएको छ । गत वर्ष यस अवधिसम्म रू. १५ दशमलव ९४ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. १८ दशमलव ३७ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस