aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो)

काडमाडौं  । ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक गरिएको हो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

भिडियोमा झुप्रीलाई पनि देख्न सकिन्छ भने उनको परिवार पनि देखाइएको छ । भिडियोमा झुप्रीका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । विनोद याक्खा र विरेन तितुङ खिचेको भिडियोलाई वरुण रिजाल र कमल सङ्घर्षले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस