aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेको इन्स्योरेन्सको खुद नाफा १६ करोड ४७ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
नेको इन्स्योरेन्सको खुद नाफा १६ करोड ४७ लाख

काठमाडाैं । नेको इन्स्योरेन्सकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ५५ लाख ४८ हजार रुपैयाँले घटेर १६ करोड ४७ लाख रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अबधिमा यस इन्स्योरेन्सको खुद बीमाशुल्क १० करोड ६८ लाख रुपैयाँले बढाएर ७० करोड ९९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १२ करोड ३७ लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ६७ लाख, बीमा कोषमा ६८ करोड ९८ लाख र महाविपत्ती कोषमा ६ करोड ५१ लाख रुपैयाँ संञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २५ रुपैयाँ ०१ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १६.७९ गुणा बढी छ ।

यस अवधिसम्ममा कम्पनीले १ लाख १७ हजार ८०९ वटा बीमा लेख जारी गरी एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै कम्पनीले १७ सय ७६ वटा दाबी वापत ३८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस