aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्सको व्यवसायिक सद्भावना दुतमा पुनः हमाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
ज्योति लाईफ इन्स्योरेन्सको व्यवसायिक सद्भावना दुतमा पुनः हमाल

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो व्यवसायिक सद्भावना दुतको रुपमा नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेका र महानायकका रुपमा परिचित राजेश हमाललाई पुनः दुई वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न गरेको छ । 

कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरको थियो । 

नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनः आबद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । 

छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद मुनाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावना दुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि हर्षको कुरा रहेको जनाकारी राजेश हमालले गराए ।

आफ्नो अवधि समाप्ति वा मृत्यु पश्चात मात्र जीवन वीमाको रकम पाइने आम बुझाईलाई परिवर्तन गर्ने तथा घातक रोगको उपचारमा सहयोगि बन्ने पवित्र उद्धेश्यका साथ विभिन्न ३५ वटा मध्ये कुनै घातक रोग लागि उपचार गराउन परेको खण्डमा अधिकतम रु. ५० लाख सम्मको अतिरिक्त सुविधा योजना प्रदान गर्ने एकमात्र नेपाली कम्पनीको रुपमा स्थापित यस कम्पनीले हालै बीमा अवधि भर बीमाङ्क रकम तीन पटकमा भुक्तनी गर्ने र अवधि पश्चात बिस वर्षसम्म बीमाङ्क रकमको ५ प्रतिशतले हरेक बर्ष भुक्तनी गर्ने नयाँ योजना “ज्योति थ्रि–ट्वेन्टी धन बाहार जीवन बीमा योजना” बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस