aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावर १० प्रतिशत नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
ङादी ग्रुप पावर १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको फागुन १ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गर्नेछ ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २७ गते वार्षिक साधारण सभा आयोजना गर्नेछ। साधारण सभा तथा नगद लाभांश प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस