aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अजोड इन्सुरेन्सले ३० करोडको आइपीओ ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
अजोड इन्सुरेन्सले ३० करोडको आइपीओ ल्याउँदै

काठमाडौं । अजोड इन्सुरेन्सले ३० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने भएकाे छ । इन्सुरेन्सले नेपाल आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको हाे ।

कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ । बोर्डले अनुमति दिए पश्चात आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएकाे छ ।
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ । 

उक्त कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । 

प्रतिक्रिया दिनुहोस