
विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३० खर्बबराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको बताएका छन । उद्योग सङ्गठन मोरङमा ‘विराट एक्स्पो २०७६ ९कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको सरकारले लिएको उदार आर्थिक नीति र विश्वासिलो वातावरणका कारण मुलुकमा विदेशी लगानी भित्रिने क्रम वृद्धि भएका बताएका हुन ।
मन्त्री खतिवडाले प्रदेश नं १ को अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी गराएका थिए । उनले यस क्षेत्रका जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्व–पश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरु भएको समेत उनले बताए ।
डा.अर्थमन्त्री खतिवडाले सरकारले स्रोतको सुनिश्चिताको आधारमा मुलुकको विभिन्न क्षेत्रमा आठ र छ लेन सडक निर्माणको प्रक्रियाको ठेक्का लगाइसकेको जानकारी दिँदै अब चार लेनभन्दा कमको सडक नबनाउने सरकारको नीति रहेको बताए । अर्थमन्त्री डा. खतिवडाले यस क्षेत्रमा निर्माण गरिने विशेष औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सडक, पानी, सुरक्षालगायत कार्यमा सरकार प्रतिबद्ध रहेको धारणा राख्दै उद्योगीले नयाँ बजार, अन्तरराष्ट्रिय क्षेत्रको मागलाई ध्यानमा राखी नयाँ उत्पादनमा उद्योगीलाई जान सरकारलाई सहयोग गर्न आग्रह गरेका छन ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पाम आयल भारत निकास खुलाउन सरकार सफल भएको जानकारी दिँदै वर्तमान सरकार निजी क्षेत्रलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई विकास गर्ने रणनीति रहेको बताए । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउँदै विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार मिटर तथा वाइडवडी जहाज अवतरण र उडानमा सहज बनाउनका लागि सङ्घीय सरकारसंँग आग्रह गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, सांसद अमनलाल मोदी, प्रदेश सदस्य जयराम यादव, नेपाली काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, उद्योगीहरु शेखर गोल्छा, प्रकाश मुन्दडा, सुयेश प्याकुरेल र मेला संयोजक भोलेश्वर दुलालले सरकारले निजी क्षेत्रलाई साथ लिएर हिंडेमा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने धारणा व्यक्त गरे ।
विराटनगर–२ स्थित शङ्करपुर मार्गमा आयोजना गरिएको प्रदर्शनीस्थलमा ३४० कक्षमा नेपाल, भारत, भूटान, बङ्गलादेशका विभिन्न कृषि, औद्योगिक, अटोमोवायल्स, कृषि यान्त्रिकीकरण, घरेलु उत्पादन राखिएका छन् । प्रदर्शनीमा मोरङ, झापा, सुनसरी, धनकुटा, सिरहा, सप्तरी, उदयपुरका गरी तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु एक अर्ब बराबरको कारोवार हुने विश्वास आयोजकले गरेको छ । मन्त्री खतिवडाले उद्योगपति भोलेश्वर दुलाल बिपिन कावरालाई आफ्ना उत्पादन घरघरमा पु¥याउन सफल भएको सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस