
काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर यही फागुन २२ गते निष्काशन गर्ने भएको छ ।
इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद जारी गर्न लागेकाे हाे ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार माघ २६ गते आइतबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।
इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो । हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत चैत १२ गतेसम्म आवेदन दिन पाउने जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस