
काठमाडौं । शिखर इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि फागुन १३ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।
कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तोकेको हो ।
कम्पनीले हाल कायम रू. १ करोड ५ लाख ७३ हजार १०६ कित्ता शेयरको १ बराबर ० दशमलव ३ (१ः०.३) को अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस