aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रिभिलेज मेम्बरसिप पुरस्कार सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
प्रिभिलेज मेम्बरसिप पुरस्कार सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङलाई

काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्निग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ । 

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङले सर्वोत्कृष्ट उपहार पाएको छ ।

 प्रिभिलेज मेम्बरसिप पुरस्कार बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शम, महिन्द्रा एंड महिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले सम्मानित तथा उपहार वितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस