aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरको साधारण सभा फागुन २७ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
ङादी ग्रुप पावरको साधारण सभा फागुन २७ गते

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २७ गते  मंगलवार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरर्स, कालिकास्थानमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । यस अनुसार फागुन १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्  ।
 

प्रतिक्रिया दिनुहोस