aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनसेवि र स्वाभिमानको आईपीओ भर्नु भयो ? भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
जनसेवि र स्वाभिमानको आईपीओ भर्नु भयो ? भोलि अन्तिम दिन

काठमाडौं । जनसेवि र स्वाभिमानका लघुवित्तको आइपीओमा आवेदन दिन अब एक दिन मात्र बाँकी रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको एक घण्टाभित्र माग भन्दा बढी आवेदन परेको विक्रि प्रबन्धकले जानकारी दिएका छन ।

 माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रनै विक्री बन्द गर्न लागिएको हो । यो आईपीओ विक्रीका लागि छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्मको मिति तय गरिएको थियो ।
यी दुई कम्पनीले सर्वसाधारणका लागि ६ लाख १८ हजार ५६८ कित्ता शेयर सर्वसाधारणका लागिग विक्रीमा ल्याएका छ । यसमा जनसेवि लघुवित्तले कुल ४ लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता शेयर सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

 त्यस्तै ७ हजार १४५ कित्ता यस संस्थाका कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम एक  हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । यस आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

त्यस्तै , स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कुल १ लाख ९८ हजार ६१० कित्ता मध्य ३ हजार ९३ कित्ता शेयर संस्थाका कर्मचारीहरुका छुट्याएको  छ भने  ९ हजार ९३० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात बाँकी १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । स्वाभिमानको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटलले लिएको छ । 

आइतबारसम्म जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओमा माग भन्दा ८.१९ गुणा बढी ३५ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । त्यस्तैगरि,  स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा पनि ३५ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  १८.८७ गुणा बढी आवेदन परेको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस