aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी लाईफ इन्स्योरेन्सको "सामुहिक म्यादी जीवन बीमा" सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
महालक्ष्मी लाईफ इन्स्योरेन्सको "सामुहिक म्यादी जीवन बीमा" सार्वजनिक

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा "सामुहिक म्यादी जीवन बीमा" सार्वजनिक गरेको छ । 

एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थप घट गर्न सकिने सुविधा रहेको छ । 

साथै यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवस समूहका सदस्यको (बीमित) दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५% वा रु.५०,०००/-  जुन कम हुन्छ सो रकम थप प्रदान गरिनुका साथै बीमा अवधि भित्र समूहका सदस्य (बीमित) को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बीमाङ्कको  अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने र पूर्ण अपाङ्ग/अशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ । 

एकदमै न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्ग बाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने विश्वास कम्पनीले लिएको छ । 

प्रतिक्रिया दिनुहोस