aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरलको अवितरित हकप्रद लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
लुम्बिनी जनरलको अवितरित हकप्रद लिलामीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको छ ।

कम्पनीले सर्वसाधारणतर्फको ९९ हजार ७२६ कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि फागुन १४ गतेदेखि २१ गतेसम्म अवधि तोकिएको छ । 

यसअघि कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । उक्त हकप्रदमा पूर्ण आवेदन नपरेपछि कम्पनीले लिलाम बढाबढ गरी विक्री गर्न लागेको हो । आवेदकले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा सिविआई एल क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस