aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओरियण्टल इन्स्योरेन्स कमायो २९ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
ओरियण्टल इन्स्योरेन्स कमायो २९ करोडभन्दा बढी नाफा

काठमाडौं । ओरियण्टल इन्स्योरेन्सले चालू आवको ६ महिनामा रू. २९ करोड ७८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २४१ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले रू. ८ करोड ५० लाख ५१ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको आम्दानी १३८ दशमलव ७३ प्रतिशत बढेको छ । गत वर्ष रू. १३ करोड ५९ लाख ५८ हजार आम्दानी गरेको यस कम्पनीले यो वर्ष रू. ३२ करोड ४५ लाख ६८ हजार आम्दानी गरेको हो ।

जगेडा कोष भने यस वर्ष रू. १५ करोड ४१ लाख ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको जगेडा कोषमा रू. ३ करोड २० लाखभन्दा बढी रकम रहेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ३० प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. ४५ करोड ३९ लाख ४७ हजार बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ९६ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको हो ।

यस वर्षको ६ महिनामा कम्पनीले ११ हजार १०९ बीमालेख जारी गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले ९ हजार ९४० बीमालेख जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस