aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेटलाईफको ह्याबिट्याट फर ह्युम्यानिटिलाई काभ्रेमा पुननिर्माणका लागि सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
मेटलाईफको ह्याबिट्याट फर ह्युम्यानिटिलाई काभ्रेमा पुननिर्माणका लागि सहयोग

काठमाण्डौ । मेटलाईफ नेपालका एक सय तीस जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।

स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठसंगै हेड अफ अपरेसन, राम कुमार यादव सामेल थिए । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसंगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।

“मेटलाइफले पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गर्न पाउँदो गौरव महसुस गरेको छौं । हामी हरेक दिन विश्वका लाखाँै ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो । स्वंयसेवाको कार्यले हामीलाई स्थानिय समुदायसंग अन्र्तकृया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार संगसंगै काम गर्ने, उनिहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनिहरुको आवश्यकता बुझ्ने मौका पायौँ ।” भनी निर्मलकाजी श्रेष्ठले भने ।   

मेटलाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेटलाइफका ८,१०० भन्दा बढि स्वयंसेवीले एसियाका ९ देशमा २५,००० भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस