aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

दुई कम्पनीको ४३ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
दुई कम्पनीको ४३ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । बिहीवार दुई कम्पनीको ४३ लाख ११ हजार ३९९ दशमलव १३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गरी प्रभु बैंकको ४१ लाख २६ हजार २०६ दशमलव १३ कित्ता र देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको जानकारी दिएको हो ।

प्रभु बैंकको उक्त शेयर सर्वसाधारणमा परिणत भएपश्चात संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ भने देवः विकास बैंकको संस्थापकतर्फ ५१ दशमलव ५० र सर्वसाधारणतर्फ ४८ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

हाल प्रभु बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ५५ लाख र देवः विकास बैंकको रू. ३ अर्ब १७ करोड ७१ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस