
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा फागुन २४ गते बोलाएको छ ।
सभाले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि कम्पनीले सोमवारदेखि बुक क्लोज गर्ने भएकाले आइतवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
सभाको प्रस्तावमा हाल कायम संस्थापक तर्फको ८० प्रतिशत र सर्वसाधारणतर्फको २० प्रतिशत शेयर स्वामित्व संशोधन गरी संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने रहेको छ । साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस