
काठमाडौं । मोरङ सुगर मिल्सको ५१औं वार्षिक सााधारण सभा चैत २ गते होटल पांचाली, विराटनगरमा हुने भएको छ ।
कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने रहेको छ ।
यसैगरी सभाले आर्थिक वर्ष २०७५ ०७६ को लेखा परीक्षणको प्रतिवेदन सहितको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १८ गतेदेखि चौत २ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस