aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नागरिक लगानीकोषले प्रस्ताव गर्‍यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
नागरिक लगानीकोषले प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । नागरिक लगानीकोषले यस वर्ष पनि गत वर्षकै अनुपातमा लाभांश घोषणा गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । गत वर्षपनि यहि अनुपातमा कम्पनीले लाभांश दिएको थियो । 

धितोपत्र बजारलाई सन्तुलनमा राख्न स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने प्रकृयामा रहेको यस कम्पनीले शेयरधनीहरुलाई नियमित लाभांश दिदैं आएको छ । विगत पाँच वर्षदेखिको लाभांश वितरणको अवस्थालाई हेर्दा उस्तै अनुपातको लाभांश दिएको देखिन्छ । 

यस कम्पनीले आर्थिक वर्ष २०६९÷७० मा हालसम्मकै उत्कृष्ट ५२ दशमलव ६३ प्रतिशत लाभांश दिएको थियो । त्यस वर्ष ५० प्रतिशत बोनस शेयर कम्पनीले दिएको थियो । 

दोस्रो त्रैमासको वित्तीय विवरण भने कम्पनी हालसम्म सार्वजनिक गरेको छैन । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारण सभा गत भदौ ३० गते सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस