aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । आइतबार दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । चिलिमेले गत मंसिर ११ गते पारित गरेको २० प्रतिशत दरको ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । 

त्यस्तै गुँरास लघुवित्त वित्तीय संस्थाकोे ५९ हजार बोनस शेयर पनि सुचिकृत भएको हो । गुराँस लघुवित्तले गत मंसिर १४ गते पारित गरेको ७ दशमलव ६१ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृत भएसँगै दुबै कम्पनीको शेयर कारोबार सोमबारदेखि गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस