काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीहरुको हात खाली गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्दा ८४ प्रतिशत बोनस पारित गराएको कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लागि भने लाभांश प्रस्ताव गर्न नसक्ने वताएको हो ।
एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पर्दा मुनाफाबाट लाभांश वितरण गर्न नमिल्ने भएको जानकारी कम्पनीले गराएको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्न नमिल्ने निर्णय गरेको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा यस कम्पनीले ८ करोड ९३ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको नाफा ५ करोड ८८ लाख ६० हजार रुपैयाँ थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस