aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इ्रन्स्योरेन्सको शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
शिखर इ्रन्स्योरेन्सको शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रदको लागि शेयर सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि मंगलवार (फागुन १३ गते) बुक क्लोज गर्ने भएकाले शेयर आज सुरक्षित गर्नुपर्ने भएको हो । 

कम्पनीले १४औं साधारण सभाबाट पारित हाल कायम रहेको रू. १ करोड ५ लाख ७३ हजार १०६ कित्ता शेयरको १ बराबर ० दशमलव ३ (१ः०.३) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ । 

कम्पनीले ३० प्रतिशत दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस