
काठमाडौं । दुई जलविद्युत कम्पनीको आइपीओ आउने भएको छ । लिबर्टी इनर्जी कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीको आइपीओ आउने भएको हो ।
लिबर्टी हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड सेबोनबाट फागुन ८ गते स्वीकृती पाएको छ ।
स्वीकृती पाएसँगै कम्पनीले स्थानियको लागि १५ लाख कित्ता र सर्वसाधारण्का लागि २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्नको लागि फागुन ११ गते स्वीकृती पाएको छ । स्वीकृती पाएसँगै कम्पनीले स्थानियको लागि ४ लाख २० हजार कित्ता र सर्वसाधारणको लागि ६ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी गर्न लागेको आइपीओलाई केयर रटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।
प्रतिक्रिया दिनुहोस