aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेता घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेता घोषणा

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालीको दशैतिहारको उपलक्ष्यमा संचालन गरेको ड्याट्सन हट डिल योजनाका विजेता घोषणा गरेको छ । यस योजना अन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिलू लक्की ड्र का लागि योग्य मानिएका थिए । पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा एक कार्यक्रमका बिच यस योजनाका भाग्यशाली विजेताहरु घोषणा गरिएका हो ।  

लक्की ड्रबाट विजेता भएका चित्रकला घिमीरे, मणि राई, अजय घिमीरे, निलध्वज इटानी, इश्वरराज ढकाल, डाक्टर वोयस अन्सारी, करण चौधरी, सुशिल अग्रवाल र विक्रम थापालगाएत  १० जना भाग्यशाली जोडीले थाइल्याण्डको भ्रमण गर्ने मौका पाएका छन् । त्यस्तै अजयकुमार यादव,  सुनको सिक्का पाउनेमा रुक्सान हक, विष्णु प्रसाद जैसी, लीला अधिकारी, सुमित्रा कुमारी भुषाल र विजेश्वर शाहले १०/१० ग्रामको सुनको सिक्का पाएका छन् ।  

कुल १ सय ५१ जनाबाट गरिएको लक्की ड्रमा उनीहरुले उक्त उपहार जितेका हुन्।

 पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८लीटर र १.० लीटर तथा गो प्लसका आधिकारिक बिक्रेता रहेको छ।

प्रतिक्रिया दिनुहोस