aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
ङादी ग्रुप पावरको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने फागुन १४ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित १० प्रतिशत लाभांश सहित अन्य विभिन्न प्रस्ताव पारित गर्न फागुन २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

 लाभांश र सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्न लागेकाले १४ गतेभित्रै शेयर सुरक्षित गर्नुपर्ने भएको हो । मंगलबार यस कम्पनीको अन्तिम शेयरमूल्य  १४५ रुपैयाँ कायम भएको छ । यस दिन  ३ रुपैयाँ ले कम्पनीको शेयरमूल्य बढेको हो ।
 

प्रतिक्रिया दिनुहोस