
पोखरा । फेवाबजार डटकम इकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन दिने घोषणा गरेको हो ।
फेवाबजारले फागुन ५ गतेदेखि १७ गतेसम्म दिने अफर भित्र यो अफर दिएको फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे ।
१ रुपैयाँमा इयर फोन खरिद गर्दा खल्तीबाट पेमेन्ट गर्ने मध्ये गोला प्रथाबाट बिजेता बन्ने भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने जनाइएको छ । अफरका लागि १ रुपैयाँमा इयर फोन खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए ।
फेवाबजार डटकम इकमर्सले फेवाबजार एक्सक्लुसिभ अफर अन्तर्गत सामान खरिदमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ । फेवाबजार डटकम इकमर्समा किस्ताबन्दी (इएमआई) मार्फत २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस