
काठमाडौं । क्रिकेट खेलाडी तथा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । मंगलबार एम्बेस्डरमा नियुक्त गरेपछि खड्कालाई बुधबार महिन्द्राको एक्सयूभी ३०० गाडी पनि हस्तान्तरण गरिएको छ ।
अग्नि गु्रपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० हस्तान्तरण गरेका हुन् ।
अग्नि गु्रपद्वारा आफूलाई अग्नि इन्करर्पोरेटेड ब्रान्ड एम्बेस्डर घोषणा गरिएकामा क्रिकेटर खड्काले खुसी प्रकट गरेका छन् । खड्काले भने, ‘ग्रुप र मबीचको सम्बन्ध प्रगाढ भएको भन्दै पूर्ण व्यावसायिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौँ । यो सहकार्यबाट हर्षित छु ।’
एक्सयूभी गाडी सदैव प्राथमिकताको सूचीमा पर्ने गरेको बताउँदै स्पोर्ट्स युटिलिटी गाडी आफ्नो रोजाइमा रहेको बताए । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एक्सयूभी ३०० पाएकामा अग्नि ग्रुपलाई उनले धन्यवाद पनि दिएका छन् ।
कार्यक्रममा अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उपनिर्देशक वरदान बस्नेतलगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडाको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस