
वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्याङ्जाको गल्याङमा माटो बिनाको तरकारी खेती (आक्वापोनिक्स प्रविर्धि) को आज अवलोकन गरेका छन ।
गल्याङ नगरपालिका–३ तल्लो गल्याङका ओमबहादुर थापाले सञ्चालन गर्नुभएको माटो बिनाको तरकारी खेतीको उपराष्ट्रपति पुनले अवलोकन गरेका हुन । उनले कालीगण्डकी गाउँपालिकाको मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाको बाँधस्थल तथा बेल्टारीको विद्युत गृहको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ ।
गल्याङका ओम थापाले युट्युवमा हेरेर पानी र गिटीमा आक्वापोनिक्स प्रविधिबाट माछा तथा तरकारी खेती गर्दै आउएका छन । आफ्नै घरमा ५ वटा पोखरी निर्माण गरी माछासँगै घरको छतमा गिटी र पाइपमा तरकारी खेती गरी उदाहरण प्रस्तुत गरेका छन।
प्रतिक्रिया दिनुहोस