
काठमाडौँ। अहिले नेपालका सिनेमा घरहरुमा 'आमा' चलचित्रले राम्रो व्यापार र प्रतिकृया प्राप्त गरिरहेको छ। यही समय चर्चित कलाकार 'धुर्मुस' र 'सुन्तली'ले रङ्गशाला निर्माण सहयोगार्थ निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'ले पनि राम्रै व्यापार गरेको देखिएको छ। तर, सो चलचित्र हेरेर दर्शकले चित्त भने बुझाएका छैनन्।
यसैबीच यो शुक्रवार बलिउडमा रिलिज भएका ५ वटा सिनेमाले भने नेपालको बक्स अफिसमा पनी प्रभाव पार्ने देखिएको छ । हण्टेड हिल्स, ओ पुष्मा आई हेट आँसु, गन्स अफ बनारस, दूरदर्शन र थप्पड जस्ता सिमेमा रिलिज भएका छन् । यस मध्ये तापसी पन्नूको फिल्म थप्पड सबैभन्दा बढी चर्चामा छ। अनुभव सिन्हा निर्देशित यस फिल्म थप्पडमा घरेलु हिंसाको कथा छ । जुन एक थप्पडबाट शुरू हुन्छ।
बलिउडका सेलिब्रेटीहरूले थप्पड फिल्म राम्रो भएको प्रतिकृया दिएपछी यसले कति ब्यापार गर्ला भन्नेबारे चर्चा शुरु भएको छ। अभिनेत्री दिव्य दत्ताले थप्पडलाई सुन्दर फिल्मको रूपमा वर्णन गरेकी छिन् । उनले फिल्मलाई सलाम भन्दै प्रतिक्रिया दिएकी हुन् । आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपले पनी थप्पडलाई अद्भुत फिल्मको रूपमा वर्णन गरेकी छिन्। अभिनेता राजकुमार रावले थप्पड हेर्न जरुरी रहेको बताएका छन्। राजकुमारका अनुसार सबैले फिल्ममा राम्रो काम गरेका छन् ।
शक्तिशाली विषयको बावजुद, यो फिल्मली पहिलो दिनमा भने कम मात्र आय गर्न सक्ने अनुमान लगाइएको छ । ट्रेड विश्लेषकका अनुसार थप्पड पहिलो दिन अढाई करोडको मात्र व्यापार गर्ने अनुमान लगाइएको छ । यो फिल्म रिलीज हुनुभन्दा अघि नै भारतको मध्य प्रदेशमा करमुक्त गरिएको थियो। सिनेमाको कथा र त्यसमा गरिएको अभिनयले पाएको चर्चा हेर्दा यो सिनेमाले अप्रत्याशित व्यापार गर्ने समिक्षकले अनुमान लगाएका छन्।
तापसी पन्नूको फिल्मलाई समिक्षकले भने राम्रो रेटिंग गरेका छन्। तापसी पन्नुको अभिनय र अनुभव सिन्हाको निर्देशन धेरैले मन पराएका छन् । सबैले थप्पडलाई एक शक्तिशालीको रूपमा वर्णन गर्दै र फिल्म हेर्नै पर्छ भनेका छन् ।
प्रतिक्रिया दिनुहोस