aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद आइतवारदेखि किन्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद आइतवारदेखि किन्न पाइने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर आइतवारदेखि किन्न पाइने भएको छ । 

कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएसँगै उक्त हकप्रदमा माघ २६ गतेसम्मका कायम शेयरधनीहरुले मात्र चैत २३ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद शेयर खरीदको लागि आवेदकले एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका शाखा कार्यालयहरु, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने छन् । 

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको  छ ।


 

प्रतिक्रिया दिनुहोस