aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको बुक क्लोज  मिति फेरियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
अपि पावरको बुक क्लोज  मिति फेरियाे

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद र आगामी साधारण सभा प्रयोजनका लागि बुक क्लोजको तोकेको छ । 

कम्पनीले आगामी चैत ७ गते आयोजना गर्न लागेको १६ औं वार्षिक साधारण सभा प्रयोजनका लागि चैत १ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो । 

यस अघि चैत १ देखि ७ गतेसम्म बुक क्लोज गर्ने बताएको थियो उक्त मितिलाई सच्याएर कम्पनीले सोमवार नयाँ मिति सार्वजनिक गरेको हो । 

यस वर्ष अपिले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । धितोपत्र बोर्डबाट ४७ प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाईसकेको कम्पनीले बोनस र हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा ९१ प्रतिशत हकप्रद फेरी जारी गर्ने प्रस्ताव सभाका पेश गर्दैछ । 

४७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको कम्पनीले हकप्रद प्रयोजनका लागि पनि चैत १ गते बुक क्लोजको मिति तय गरेको छ । 

बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म धितोपत्र दोस्रो बजारमा कायम शेयरधनीहरु अपिको ४७ प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस शेयरको हकदार हुने भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस