
काठमाडौं । तीन वटा कम्पनीले पुरानो लाभांश लिन अनुरोध गरेका छन् । तीन कम्पनीले अघिल्ला वर्षहरुको लाभांश पूर्जाहरु लगायत बोनस शेयर प्रमाणपत्रहरु लिन बाँकी रहेकाले शेयरधनीले यथाशिघ्र आवश्यक कागजात सहित प्रमाणपत्र पेश गरेर लाभांश लिन अनुरोध गरेका हुन् ।
आइ.सी.एफ.सी फाइनान्स, सगरमाथा इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले पुरानो लाभांश लिन अनुरोध गरेका छन् । आइ.सी.एफ.सी फाइनान्स र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर सिधै जम्मा हुने र नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा आइपीएस मार्फत लाभांश जम्मा भइरहेको छ ।
हालसम्म पनि हितग्राही खाता अद्यावधिक नगरएका शेयरधनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश बैंक खातामा नै जम्मा हुने कम्पनीले उल्लेख गरेको छ ।
साथै सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६८/६९ सम्मको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसेकेको हुनाले सो अवधिको लाभांश रकम लिनको लागि कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
लगानीकर्ताले आव २०६९÷७० को नगद लाभांश कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट लिन सक्नेछन् । यी तीनै कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस