aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लिकर्स र दिपक बज्राचार्यबिच सांगितिक सहकार्य सम्बन्धि सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
नेपाल लिकर्स र दिपक बज्राचार्यबिच सांगितिक सहकार्य सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्रचार्यसंग सांगितिक सहकार्य समबन्धि सम्झौता भएको छ । विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रमको सहकार्य गर्दै आइरहेकोले सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप उक्त सम्झौता गरिएको हो ।  

नेपाल लिकर्सका कार्यकारी अध्यक्ष राजेशविर सिहं तुलाधरले नेपाली संगित हाम्रो पहिचान भएकोले यसको प्रर्वद्धनका लागि गायक बज्राचार्यसंग सहकार्य गरिएको बताए । उनले गुणस्तरको मामिलामा वर्षैदेखि नेपालीमाझ लोकप्रिय रहेकोले यसलाई सांगितिक क्षेत्रले झन उत्साहित गर्नेमा विश्वस्त रहेको बताए । यसले नयाँ कलाकारलाई समेत प्रातसाहित गर्दै आगामी दिनमा  नेपाली कलाकारको उत्थानका निम्ति सधै सारिक हुने अध्यक्ष तुलाधरको भनाई छ । 

नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कचचापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।    

प्रतिक्रिया दिनुहोस