aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘थप्पड’ले चार दिनमा कति कमायो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
‘थप्पड’ले चार दिनमा कति कमायो ?

 काठमाडौं । तापसी पन्नु स्टारर ‘थप्पड’ले रिलिजको चौथो दिन ५ करोड भारू कमाइ गरेको छ।सोमबार ५ करोड भारू कमाइ गरेको सिनेमाको चार दिनमा कुल कमाइ १८.७५ करोड भारू पुगेको छ।

सिनेमाले रिलिजको दिन शुक्रबार ३.७ करोड भारू कमाएको थियो भने शनिबार ५.५ करोड कमाइ गरेको थियो।

यसैगरी सिनेमाले आइतबार ६.५४ करोड भारू कमाइ गरेको थियो।

घरेलु हिंसाको शिकार भएकी महिलाको कथामा आधारित सिनेमालाई समीक्षकहरूबाट गतिलो तारिफ बटुलेपनि दर्शकहरूलाई भने सिनेमा आकर्षण गर्न असफल भएको छ।  

सिनेमालाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।

तापसी पन्नुको प्रमुख भूमिका रहेको सिनेमामा पल्लभी गुलाटी, दिया मिर्जा, माया साराओ, कुमुद मिश्रा आदिको मुख्य भूमिका रहेको छ। 

प्रतिक्रिया दिनुहोस