aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२०’ आयोजना गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२०’ आयोजना गर्दै

काठमाडौं । लक्ष्मी हुण्डाईले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२०’ आयोजना गर्ने भएको छ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकतम बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले विगतकबो वर्ष झै यस वर्ष पनि ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२०’ को आयोजना गर्न लागेको हो । 

उक्त टुर्नामेन्ट ग्लेनेन्जल्स डिजाइन अफ गल्फ क्लबमा यही आउदो शक्रबार र शनिबार हुने भएको छ । उक्त ओपेन गल्फ टुनामेन्ट १८ होलमा स्टेबल फोल्ड फाटमा र ३ र ४ को ह्यान्डीक्यापमा खोलने छ । यस टुनामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

यस टुनामेन्टमा टाइटल उइनर (नेट), फस्ट रनरअप, सेकेन्ड रनरअप, बेष्ट ग्रस, लेडिज उइनर, सिनियर उइनर (६० वर्ष उमेर माथिको), जुनियर उइनर (१७ वर्ष उमेर मुनीको), हुण्डाइ वनर लङगेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन, मस्ट बडि क्याटोगोरिमा विजेता घोषित गरिने छ । यसको साथै होल इन ओन बिजेतालाई उपहार स्वरूप एक थान हुण्डाइ ग्राण्ड आइ १० माग्ना गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

विशेष पुरस्कारमा होल इच ओन प्राइजः हुण्डाई ग्राण्ड आइ १० माग्ना र स्पेशल प्राइज फर हुण्डाई ओनर क्याटोगारि रहेको छ । 

हुण्डाईले विश्वभर नै गल्फ खेलको विकास र प्रवर्द्धन गर्ने हेतुले विभिन्न गल्फ टुनामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजिए टुरको टुरिजम अफ द च्याम्पिएन एक विश्व प्रतिष्ठित टुनामेन्ट हो । 

प्रतिक्रिया दिनुहोस