
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने बुधबार (भोली) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको ९९ हजार ७२६ कित्ता शेयर फागुन १४ गतेदेखि लिलामीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्ता र अधिकतमा सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । हकप्रद विक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस